Press Release
2024-09-30

प्रेश विज्ञप्ति 

नेपालमा मिति २०८१ असोज १० (तदनुसार सेप्टेम्बर २६, २०२४) को राति देखी निरन्तर आएको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण धेरै जनजीवन प्रभावित भएको छ, यस मानवीय तथा भौतिक क्षति प्रति राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च गहिरो दुख प्रकट गर्दछ । प्राकृतिक विपदमा परि ज्यान गुमाएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ  । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । प्राकृतिक विपदका कारण प्रभावित तथा बिस्थापित घरपरिवारहरुलाई नेपाल सरकार, स्थानीय निकाय, संघ संस्था तथा सम्बन्धित सम्पूर्ण निकायलाई आ–आफ्नो स्थानबाट उद्धार कार्य, स्थलगत अध्ययन, राहत बितरण कार्य लगायत आबश्यक सहयोगलाई अगाडी बढाउन जोडदार माग गर्दछ । जलवायु परिवर्तनको समस्याले बेमौसममा अनपेक्षित रुपमा भएको बर्षाले दर्दनाक घटनाको सामना गर्नु परेको छ । यस घटनाले आगामी दिनमा नेपाल अति जोखिममा रहेको हामी सहजै अनुमान लगाउन सक्दछौ । तसर्थ जलवायु न्यूनीकरण र यसबाट हुने क्षतिको रोकथाममा लागि नेपाल लगायत बिश्वको ध्यानाकर्षण गराउन चाहन्छौं ।


Related Documents
document