लोपोन्मुख हायु् जाातिको संक्षिप्त चिनारी

हायु जाति किराती मध्येको एउटा सदस्य हो । जसको आफनै भाषा, संस्कृति र रीतिरिवाज छ, जसलाई परापूर्व कालदेखि अँगाल्दै आईरहेको छन । यी जातिहरु अन्य धर्म संस्कृतिलाई त्यति नमान्ने र प्रकृतिमाथि नै धेरै विश्वास गर्ने गर्दछन् साथै, आफनो धर्म र संस्कृतिमाथि बढी लगाव राख्छन ।
वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा हायुको जनसंख्या जम्मा १,८२१ मात्र बसोवास गरेको देखाएको छ । जसमध्ये ७०.२९ प्रतिशतले हिन्दू धर्म मान्दै आएको र २६.७१ प्रतिशत चाहि कुनै पनि धर्ममा संग्लग्न नभएको देखाएको छ । नेपालमा हायु जातिको संख्या र बसोबास थोरै ठाउँ अर्थात सीमित स्थानमा मात्र भएकोले यी जातिहरु जोखिम अथवा लोपा हुदै गएको जातिमा परेका छन । यी जातिहूको बसोवास मर्याड नदीको छेउछाउका साथै सिन्धुली रामेछाप जिल्लामा पनि बसोवास गर्दै आएको पत्ता लागेको छ । यसमध्ये सिन्धुलीको रतन्चुरा भन्ने गाउँ चाहिँ यी जातिको पैतृक बसोवास रहेको मानिन्छ । यी जातिको शारीरिक बनावट होचो, नाक थ्याप्चो, आँखा चिम्सो परेको हुन्छ । यी जाति प्राय प्रकृतिलाई मान्ने भए पनि हिन्दु धर्मवलम्वीहरुको आसपासमा बस्ने भएको हाल आएर हिन्दु धर्ममा लगाव बढदै गइरहेको छ । सामाजिक, संस्कृतिलाई समेटेर हेर्ने हो भने हायु र राईलाई एउटै जातिको दुृष्टिकोणले हेर्ने गरिन्छ । तर कुनै संस्कृति र पूजापाठको फरकले यी दुई जातिको भिन्नतालाई हेर्न सकिए तापनि प्राय जसो हायु जातिले आफनो थर राई लेख्दै आइरहेको छन । यी जातिहर पहिले पहिले फिरन्तेको रुपमा देखिए पनि केही वर्षदेखि खेती किसानी, मजदुरी गर्ने, शिक्षक सेवा तथा सरकारी सेवामा कार्यरत रहेको पाइन्छ ।यी जातिहरु विवाह तथा चाडपर्वको उत्सवमा आत्मीयका साथ लोकल रक्सी कुखुरा, माछा, मासु खाएर मनाउने गर्दछन । परिवारमा नयाँ सदस्यको जन्म हुँदैछ भने रीतिरिवाज अनुसार धूमधामले मनाउने गर्दछन । जस्तै पविारमा छोरीको जन्म भएमा उसको नामकरणको समयमा पोथी कुखुरा चाहिन्छ भने छोराको नामरणमा भाले कखुराको आवश्यक्ता पर्दछ ।
यसै गरि यी जातिका परिवारमा कोही व्यक्तिको मृत्यू भएमा शवलाई आफनै खेतवारीमा बाक्साको आकारमा खाल्डो खनी खुट्टलाई क्रस स्थानमा राखी गाढ्ने गरिन्छ र मृत्यु भएको तीन दिन सम्म मृत्युशोक मनाउने गर्दछन ।

Leave a Reply