आदिवासी जनजाति महिलाहरुको अर्थपूर्ण सहभागिता प्रवद्र्धनका लागि नारीवादी सहभागितामूलक कार्यअनुसन्धान परियोजना दक्षिण एसियाली महिला कोषको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले गोकर्णेश्वर नगरपालिका– ३, काठमाडौंको तारेभिर आदिवासी जनजाति महिला समुदाय र मेलम्ची नगरपालिका– २, सिन्धुपाल्चोकको निबुगाउँ आदिवासी जनजाति महिला समुदायमा संचालन गरिरहेको छ । यो परियोजनाको कुल अवधि २४ महिनाको रहेको छ ।
परियोजनाको मुख्य उद्देश्य नारीवादी सहभागितामूलक कार्यअनुसन्धानका माध्यमबाट स्थानीय तथा विकास प्रकृयामा आदिवासी जनजाति महिलाहरुको अर्थपूर्ण सहभागिता प्रवद्र्धन गर्नु हो ।