यो प्रतिवेदन कोभिड–१९ को महामारीले आदिवासी महिलाहरूमा पारेको प्रभाव र उनीहरूको ‘रिजिलिएन्स’ प्रयासको वस्तुस्थितिको विश्लेषण र अन्वेषणात्मक अध्ययनमा आधारित छ । यस प्रतिवेदनले महामारीको समयमा प्रदेश २, सप्तरी जिल्लाको रुपनी, तिरहुत र अग्निसाइर कृष्णसावरन गाउँपालिकाका आदिवासी महिला र बालिका तथा किशोरीहरूले भोगेका अनुभवहरूको समष्टिगत विश्लेषणलाई समेट्छ । मोटामोटी रुपमा, यस अनुसन्धानले यी विषयहरूलाई बुझ्ने प्रयास गरेको छः
क) ग्रामीण महिला र किशोरीहरूमा कोभिड–१९ महामारीको असर,
ख) महामारीको अवधिमा आदिवासीहरूको सामुहिक र सामुदायिक जीवनशैली, र
ग) महामारीको सन्दर्भमा राज्य र गैर–राज्य निकायसँग उनीहरूको अन्तत्र्रिया ।
यी पालिकाहरूमा २०७७ असोजमा गरिएको क्षेत्रकार्य र कार्तिक र मंसिर महिनामा गरिएको सर्वेक्षणर फाल्गुण ११ र १२ मा स्थानीय सोधकर्ता र केही सहभागीसँग प्रतिवेदनको पहिलो खाका बारे छलफल गरे पश्चात यो प्रतिवेदन तयार गरिएको हो ।