दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन हुँदै

रेडियो नेपाल२०७८ साउन २७ गते १२:०९

काठमाडौं । ‘लोक कल्याण र पृथ्वी आमाको लागि संगसंगै’ भन्ने नाराका साथ दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन हुने भएको छ । यही साउन २९ देखि भदौ १७ गतेसम्म हुने सम्मेलन भर्चुअल रुपमा गर्न लागिएको हो ।

सम्मेलनमा सात सामाजिक सांस्कृतिक भौगोलिक क्षेत्रका करिव पाँच सय आदिवासी जनजाति महिलाहरु सहभागी हुने राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिनुभयो ।

सम्मेलनले विश्वव्यापीरुपमा आदिवासी जनजाति महिलाहरुबीच साझा सहमति निर्माण गर्ने र वृहत सामुहिक एजेण्डा निर्माण गर्ने अपेक्षा राखिएको छ ।

सम्मेलनमा नेपालबाट आदिवासी जनजाति महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेका चार राष्ट्रिय स्तरका संस्थाहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी महिला कानुनी सचेतना समूह, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघको सहभागीता रहने आदिवासी महिला कानुनी सचेतना समूहकी अध्यक्ष इन्दिरा कुमारी श्रीसले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *