२१ औं विश्व आदिवासी दिवस २०१५ को सन्दर्वमा

राष्ट्रिय आदिवासी जनजाती महिला मंचको सन्देश

आदरणिय आदिबासी मित्रहरु
आज २१औं विश्व आदिवासी दिवशमा हामी सुभकामना व्यक्त गर्न चाहन्छौ ।
आज विश्वभर यो दिबस मनाइरहेको सन्दर्बमा हामी नेपालका आदिवासीहरुले दुखका साथ यो दिवस मनाइ रहेका छौं । किनकी नेपालको संविधानको मस्यौदा तयार भइ सकेको  छ । दलहरुले नामाकन विनाको छ प्रदेशमा सहमति गरी सकेको छ । प्रस्ताबित प्रदेशमा हामी आदिबासी जनजाति हरुको अधिकार बिहिन संबिधान आउदै छ । नेपालको ३७ प्रतिशत आदिबासी जनजातिहरु अधिकार बिहिन, हुने निश्चित भएको छ । प्रश्ताबित खाकामा आदिबासी जनजाति शब्द समेत राख्न कनचुसाई गरेको छ । अव हामी आदिबासी जनजातीहरु एक भई ठुलो आन्दोलन गर्नु पर्ने देखिन्छ । तब मात्र अधिकार प्राप्त हुने निश्चित छ । अर्कोतिर  राज्यको हरेक तहमा समग्र महिलाको समावेसीकरणको लागि महिला आवाज उठी रहेको छ । हाम्रो माग महिला भित्र पनि आदिवासी जनजाती र अन्य विविध भित्रका महिलाहरुको अधिकार प्राप्तिका लागि समानुपतिक सहभागिता सुनिश्चिता हुनु पर्दछ । साथै  यी महिलाहरुको पहिचान सहित पहुचमा बृद्धि सुनिश्ति हुनु पर्दछ । यसको लागि आदिवासी जनजाती महिला सहित विविधतामा रहेकै महिलाहरुको मुद्दा र सवाललाई समेट्न जरुरी देखिएको छ ।
धन्यबाद
Date: 09 Aug 2015