१०६ औँ अन्र्तराष्ट्रिय नारी दिवसको सन्देश

यो बर्ष १०६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा समग्र महिला भित्र आदिबासीहरुको  विविधतालाई आत्मसात गर्दै, विविधामा रहेका महिलाहरुलाई विना विवेद समग्र महिलाको नेतृत्व विकास गर्नमा राज्य सफल हुन सकोस् भन्ने कामना गर्दछौं ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबै क्षेत्र र तहमा महिला र पुरुषको सहभागिता ५०ः५० पु¥याउने दिगो विकास लक्ष्य  अनुसारको उपलब्धि प्राप्त गर्न राज्यको निति र कार्यन्वयन पक्ष्य समानुपातिक समाबेसीलाई यथार्थमा परिणत गरी  राज्यको दायित्व,  कर्तव्य बाट हामी कोहि विचलित हुन नपरोस् भन्ने हार्दिक कामना गर्दछौं ।

‘म, मेरो, मैले ’ भन्ने भावनामा परिवर्तन ल्याई ‘हामी, हाम्रो र हामी’ ले भन्ने भावनाको सबैमा जागोस् । सामूहिक अधिकार र सामूहिक पहिचानको अभियान सबैको मुखमा मुखरित हुदै कार्यगत एकताबाट मूलुक अघि बढन सफल बनोस् । यस वर्ष सम्पूर्ण महिलाहरुको अभिलाषित हरेक इच्छा, आकांक्षा र योजनाहरु पुरा गर्न सफल बनोस्, साथै विश्वभरीका समग्र महिलाहरुले असल, सफल र नेतृत्वदायी जीवन जीउने मार्ग प्रशस्त होेस् भन्ने शुभकामना प्रकट गर्दछौं ।

प्रार्थी
सुनी लामा, अध्यक्ष
तथा
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च
परिवार

 

Date: 08 March 2016